कद होचो तर,पत्रकारितामा अग्लो,खोज पत्रकारिताले निखारिएका भण्डारी
कद होचो तर,पत्रकारितामा अग्लो
खोज पत्रकारिताले निखारिएका भण्डारी
‘जीवन क्यामेरा जस्तै हो । जे महत्वपूर्ण छ त्यसमा मात्र फोकस गर्नुपर्छ ।’ यही दर्बिलो विश्वासलाई डग्मगाउन नदिई खोज पत्रकारितामा आफूलाई स्थापित गराउन सफल व्यक्ति हुन् – सुरेन्द्र भण्डारी । पत्रकारिता आफैंमा जटिल र कलात्मक पेशा हो । हतारको साहित्य अर्थात समयको कथा दुरुस्तै कहने शिल्प हो । अनि आफैंमा वैद्धिक व्यवसाय पनि ।
जीवनमा आएका अनेकौ अफ्ट्याराहरुलाई छिचोल्दै झण्डै दुई दशकदेखि पत्रकारिता लाई मुख्य पेशा बनाएका भण्डारी झापाको बाह्रदशीका स्थायी बासिन्दा हुन् । २०६३ सालबाट पत्रकारिता शुरु गरेका भण्डारी आज पर्यन्त निरन्तर यही पेशामा क्रियाशील छन् ।
भारतको बनारसबाट ‘गोर्खा भारत जीवन’ १९४३ सालमा मोतिराम भट्टले पहिलो पटक नेपाली पत्रिका प्रकाशन गरेको इतिहास छ । मोतिरामकै अगुवाइमा नेपालमा पहिलो पटक १९५५ सालमा ‘सुधा सागर’ नामक पत्रिका प्रकाशन भयो । त्यसको ५५ वर्षपछि अर्थात २०१० साल मंसीर १२ गते मात्रै झापामा पत्रकारिताको विजारोपण भएको पाइन्छ । जुन केटो मासिक पत्रिका थियो । जसको प्रकाशन श्यामकृष्ण उपाध्यायले गरेका थिए । यस अर्थमा झापाली पत्रकारिताको इतिहासमा भण्डारी तेस्रो पुस्ताका युवा पत्रकार हुन् ।
माता तारादेवी (स्वा.) र पिता पद्यप्रसाद भण्डारीका जेठा सुपुत्रका रुपमा २०४२ साल मंसीर २१ गते भारतको आसाममा जन्मिएका भण्डारीको बाल्यकाल पाँचथरको तत्कालीन आङ्सराङ गाविसमा बित्यो । प्रारम्भीक शिक्षा ज्योति प्राथमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयमा माध्यमिक तहको शिक्षा आर्जन गर्ने क्रममा कक्षा ८ मा अध्ययनरत रहँदा २०५८ सालमा भण्डारीको स – परिवार बसाँई सराइका कारण झापा झ¥यो ।
तत्कालीन राजगढ गाविस – ८ (बाह्रदशी गाउँपालिका–३) लाई स्थायी बसोवास बनाएका भण्डारीले पशुपति माध्यमिक विद्यालय राजगढबाट एसएलसी उत्र्तीण गरे । राजगढमा नै रहेको शारदा उच्च माध्यमिक विद्यालयबाट प्लस टु उत्र्तीण गरेका भण्डारीले शिक्षा विषयमा स्नातक कनकाई वहुमाुखी क्याम्पस सुरुङ्गाबाट गरे ।
मध्यम वर्गीय परिवारमा जन्मिएका भण्डारीको जीवन सानैबाट संघर्षपूर्ण रह्यो । कक्षा ११ मा अध्ययनरत रहँदा भण्डारीले पढाई खर्च जुटाउनकै लागि शिक्षण पेशा अंगाले । तत्कालीन घेरावारी गाविस – ३ कुटीस्थित गोल्डेन फ्यूचर इङ्लिस स्कूलमा तीन वर्ष शिक्षण पेशा गरेका उनले त्यसपछि पत्रकारितालाई अंगाले । विद्यालयको सहायक प्रिन्सिपलको जागिर छाडेर पत्रकारिता पेशालाई अंगालेका उनी अन्तत पत्रकारितामै आफूलाई स्थापित गराउन सफल भए ।
अभाव, असहजिलो, अफ्ट्यारा घुम्तीहरुमा पनि हसिँलो चेहेरा प्रस्तुत गर्न सक्ने खुबीका कारण उनले छोटो समयमा सबैको मन जित्दै ग्रामीण क्षेत्रमा शिक्षकको छुट्टै पहिचान स्थापित गरेपनि पत्रकारिता क्षेत्रको रुचिका कारण शिक्षण पेशालाई त्याग्दै पत्रकारिता शुरु गरे ।
शिक्षण पेशामा सम्लग्न रहँदा ग्रामीण क्षेत्रमा अशिक्षा, गरिवी, बेरोजगारीका कारण विभाजित समाज र बेथिति मौलाएको देखेसंगै त्यसलाई नियन्त्रणको बाटो पत्रकारितालाई देखेका भण्डारीले शिक्षण पेशा त्यागेर २०६३ सालबाट पत्रकारिता शुरु गरे ।
अध्ययनसंगै पत्रकारितालाई अघि बढाएका भण्डारीले शुरुको केही सयम आफैं पत्रिका समेत बितरण गरे । राजगढ आसपासका ग्रामीण क्षेत्रका बजारमा पत्रिका बितरणकै क्रममा उनले खोजमूलक समाचार पाठकको रुचीमा पर्ने गरेको पाएसंगै त्यस्ता समाचार संकलनमा आफ्नो ध्यान केन्द्रीत गरे । पिछाडिएको समुदायमा चेतनाको विगुल फुक्न पत्रकारिताको सहारा लिएका भण्डारीले आफूले लेखेको समाचार पत्रिकामा प्रकाशन भएपछि आफैं पत्रिका बितरण गर्थे । जसका कारण समाजको ‘करबल’ ले भण्डारीले पत्रकारितामा डेब्यू गरे ।
झापाको बिर्तामोडबाट प्रकाशन हुने पूर्वाञ्चल राष्ट्रिय दैनिक पत्रिकामा समाचारदाताका रुपमा प्रवेश गरेर सोही पत्रिका बितरण गर्दै छोटो समयमा आफूलाई स्थापित गराउन सफल भएका भण्डारीले उत्कृष्ठ क्षमता प्रस्तुत गरेकै कारण डेस्कमा कार्यलय प्रतिनिधिको रुपमा काम गर्ने अबसर पाए । त्यस लगत्तै उपसम्पादक हुँदै हाल सोही पत्रिकामा सह सम्पकदको रुपमा क्रियाशील छन् भण्डारी ।
बिकृतिका विरुद्ध शून्य सहनशीलता उनको बानी छ । त्यसैले सक्रिय पत्रकारिताको दैरानमा उनले स्वास्थ्य संस्थामा हुने गरेको बेथितिका विरुद्ध समाचार प्रकाशन गरेका कारण उनीमाथि आक्रमण भयो । २०६४ सालमा इलाका स्वास्थ्य चौकी राजगढमा भएको वेथितिको समाचार प्रकाशन गर्दा उनीमाथि राजगढ बजारमा भएको आक्रमण अहिले पनि उनको मष्तिस्कमा ताजै छ ।
सकेसम्म समाचार प्रभाव र महत्वको मूल्याङ्कन नगरी समाचार सम्प्रेषण गर्नु पत्रकारिताको धर्म हो । त्यही धर्मको निर्वाहमा किञ्चित पछि नपर्दा मात्रै चोथौ अंगको मर्यादा कायम रहन्छ भन्ने बुझेका भण्डारीले रहरले शुरु गरेको पत्रकारितायत्रालाई आज निर्विकल्प र निश्चित बनाएका छन् ।
झापामा पत्रकारिता विषय अध्ययन गरेर विरलै मात्रै यो पेशामा प्रवेश गरेका छन् । भण्डारीले पनि पत्रकारिता विषय अध्ययन भने गरेका होइनन् । उनले पत्रकारिता विषयको तालिम लिएर समाचार लेखन कार्य शुरु गरेका थिए । स्व. मदन ढकाल र एकराज गिरीको प्रेरणाका कारण जनपक्षीय पत्रकारितामा रमाएका भण्डारीले विभिन्न समयमा स्थानीयदेखि राष्ट्रिय स्तरका तालिम लिएर आफूमा भएको क्षमतालाई निखारेका हुन् ।
साविक मेची अञ्चलकै पहिलो एफएम रेडियो कञ्चनजंघा एफएममा समाचारदाताको हुँदै रेडियो पत्रकारता समेत शुरु गरेका उनले पछि रेडियो सनराइजमा सफल कार्यक्रम प्रस्तोताका रुपमा आफूलाई उभ्याउन सफल भए । छापा माध्ययम (पत्रिका) मा सह सम्पादकको रुपमा काम गरिरहेका उनले रेडियोमा समेत समाचार शाखामा नै काम गरे । जसका कारण उनको लेखन र प्रस्तुति झान् निरारियो ।
स्थानीय स्तरमा आफूलाई स्थापित पत्रकारका रुपमा उभ्याउन सफल भण्डारीले २०७१ सालबाट राष्ट्रिय समाचार समितिमा काम गर्ने अवसर पाए । उनी अहिले राससका लागि झापा समाचारदाताका रुपमा सुरुङ्गाबाट काम गर्छन् ।
राससमा उत्कृष्ठ रिपोर्टिङ गरेकै कारण उनले राष्ट्रिय स्तरका टेलिभिजनमा समेत काम गर्ने अबसर पाए । माउण्टेन टेलिभिजन, इमेज टेलिभिजनमा काम गरेका भण्डारीले स्थानीय स्तरका टेलिभिजनमा पनि केही वर्ष काम गरे । हिमशिखर टेलिभिजन दमकका माई पूर्व प्रमुख भएर काम गरेका उनी अहिले पनि इमेज टेलिभिजनमा कार्यरत छन् ।
उत्कृष्ट लेखनशैली , शिप र जाँगर भएका कारण खोज पत्रकारिताममा रमाएका भण्डारी पछिल्लो समय उदाएको डिजिटल पत्रकारितामा संघर्षरत छन् । अनलाइन पत्रकार संघ झापाका अध्यक्ष समेत रहेका भण्डारी इकोनोमिक मिडिया एशोसिएसन (इमान) कोशीका प्रथम सचिव हुन् भने सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशीका महासचिव हुन् । उनी युनिमी नेपाल च्याप्टर झापाका संस्थापक अध्यक्ष हुन् । श्रमिक र पत्रकारहरुको अन्तर्राष्ट्रिय साझा संस्था हो – युनिमी नेपाल ।
लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने भण्डारी अहिले नेपाल प्रेस युनियन कोशीको पराशर्म समिति सदस्य छन् । नेपाल पत्रकार महासंघ झापाको सदस्य हुँदै नेपाल पत्रकार महासंघ कोशीको समेत कार्यसमिति सदस्य बनिसकेका भण्डारीले पत्रकारिताकै दौरानमा कोशी प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालयमा मुख्यमन्त्रीको सूचना विज्ञको रुपमा समेत काम गर्ने अवसर प्राप्त गरे ।
पत्रकारितामा क्रियाशील रहदा उनले स्थानीयदेखि राष्ट्रिय स्तरका थुपै सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । त्यस मध्ये तीन दर्जन बढी सामाजिक संघ संस्थाबाट सम्मानित तथा पुरस्कृत भइसकेका भण्डारीले शिक्षा मन्त्रालयले प्रदान गर्ने शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कार २०७० देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका थुप्रै लेखनवृति पुरस्कार प्राप्त गरेका छन् ।
सूचनाको हकका क्षेत्रमा समेत कलम चलाउने भण्डारीले नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्ने षष्टिका वस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०८० समेत प्राप्त गरे ।
अपराध न्यूनीकरणका क्षेत्रमा समेत कलम चलाउदै आएका भण्डारीलाई इलाका प्रहरी कार्यालय अनारमनीले २०७६ सालमा सुरक्षित समाजको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
पूर्वाञ्चल दैनिक, इमेज टेलिभिजन, रेडियो सनसाइजद्वारा उनी पटक पटक सम्मानित तथा पुरस्कृत भएका छन् । पूर्वाञ्चल दैनिकले रजत महोत्सवका अवसरमा उत्कृष्ट तथा सहासिक पत्रकारका रुपमा उनलाई सम्मान गरेको थियो ।
त्यस्तै इमेज टेलिभिजनले उत्कृष्ट समाचारदाताका रुपमा सम्मान गरेको थियो भने रेडियो सनराइजले २०७१ सालमा रवीन शिवाकोटी स्मृति सञ्चार पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।
पुरस्कार ः
– शिक्षा पत्रकारिता लेखनवृत्ति – शिक्षा मन्त्रालय – २०७०
– खोज पत्रकारिता लेखनवृत्ति – नेपाल मिडिया सर्पोट परियोजना
– उत्कृष्ट पत्रकारिता पुरस्कार – रेडियो सनराइज – २०७०
– स्वर्गीय रवीन शिवाकोटी स्मृति सञ्चार पत्रकारिता पुरस्कार – २०७१
– उत्कृष्ट पत्रकारिता पुरस्कार – पूर्वाञ्चल दैनिक – २०७६
– हरिनारायण गुप्ता स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार – लक्ष्मी माध्यमिक विद्यालय अर्जुनधारा – २०७९
– उत्कृष्ट पत्रकारिता पुरस्कार – प्रदेश खवर सुनसरी – २०८०
– षष्टिका वस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार – नेपाल पत्रकार महासंघ मोरङ – २०८१
सम्मान ः
– नेपाल सरकार कृषि विभाग वाली संरक्षण निर्देशनालय काठमाडौं – २०६३
– भष्टाचार विरुद्ध नागरिक समाज परियोजना – २०६५
– एकान्त साहित्य समूह राजगढ – २०६५
– शिवालय तथा राधा कृष्ण मन्दिर वाह्रदशी – २०६५
– रेडियो सनराइन बिर्तामोड – २०७०
– माँ लक्ष्मी बचत तथा ऋण सहकारी – २०७२
– छठ समाज सेवा समिति – उत्कृष्ट पत्रकार सम्मान
– मोहन माया माध्यमिक विद्यालय , बिर्तामोड – २०७३
– निर्माण व्यवसायी संघ झापा
– रिभर साईट युथ फाउण्डेशन झापा
– आदिवासी जनजाति घैलाडुब्बा ।
– लक्ष्मीथान वचत तथा ऋण सहकारी राजगढ
– लिटलस्टार इङिलस स्कूल राजगढ
– दिव्य ज्योति माध्यमिक विद्यालय राजगढ
– नमूना माध्यमिक विद्यालय , वाह्रदशी – २०७४
– जिल्ला शिक्षा कार्यालय झापा – २०७४ (पूर्ण साक्षर जिल्ला घोषणामा उत्कृष्ठ भूमिका)
– क्षितिज नाट्य समूह झापा, – २०७५
– क्षितिज नाट्य समूह झापा – २०७५ नाटक बर्बरीका लागि
– पाथीभरा मन्दिर क्षेत्र विकास कोष – २०७६
– नव दुर्गा मन्दिर वाह्रदशी ७ झापा – २०७६
– नेपाल डेन्टल एशोसिएसन झापा, – २०२३
– गौरीशंकर माध्यमिक विद्यालय, बाह्रदशी – २०७४
– पूर्वाञ्चल दैनिक – उत्कृष्ट पत्रकार सम्मान २०७४
– इमेज टेलिभिजन – उत्कृष्ट पत्रकार सम्मान २०७९
– नेपाल पत्रकार महासंघ झापा – २०८१
– नेपाल निजामति कर्मचारी युनियन (संघ) – २०८०
– पतालगंगा सहकारी संस्था बिर्तामोड,
– वीरता जेसीज बिर्तामोड २०१९
– कञ्चनगढ एजुकेशन फाउण्डेशन बाह्रदशी २०७६
– भुतपूर्व आयुर्वेद विद्यार्थी समाज –शैलजा आचार्य स्मृति पोलिटेक्निक शिसवनी, जहदा
तालिम
सूचनाको हक र पत्रकारिता – २०७१
– खाद्य सवच्छता – क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय , विराटनगर – २०७४
– कृषि र आर्थिक वृद्धि – हेफर इन्टरनेशनल र मिडिया एक्सन नेपाल – विराटनगर २०७४
– समाचार लेखन, सम्प्रेषण र आचारसहिता – जापान सरकार, युनेस्को र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम
– पर्यटन क्षेको विकासका लागि पत्रकारिताको भूमिका – नेपाल टुरिजम बोर्ड
– कृषि पत्रकारिता – २०७५ – नेपाल पत्रकार महासंघ झापा शाखा
– विकास पत्रकारितामा राससको भूमिका – २०१९
– खोज पत्रकारिता – २०७८ – नेपाल पत्रकार महासंघ झापा शाखा
– फोटो पत्रकारिता – २०७८ – नेपाल पत्रकार महासंघ झापा शाखा
– पत्रकारितामा एआईको प्रयोग – २०८० –नेपाल पत्रकार महासंघ झापा शाखा
– वैकल्पिक सिकाई प्रणालीको कार्यान्वयनमा सञ्चार माध्यमको भूमिका
पारिवारिक अवस्था
२०६७ साल असोजमा साविक चकचकी ५ राजवान निवासी सविता गौतमसंग विवाह बन्धनमा बाँधिकएका भण्डारीले २०६८ सालमा आमा गुमाए । २६ वर्षकै उमेरमा आमा गुमाएसंगै मातृ वात्सल्यबाट अलग भएका भण्डारीले अनेकौं संघर्षकाबीच आफ्ना दुई सन्तान कृषा र कृषको सुनौलो भविश्य निर्माणका लागि अहिले पनि संघर्षरत छन् । कानून र पत्रकारिता विषयमा स्नाकोत्तर गर्ने धोको भएपनि आमाको निधनपछि थपिएको पारिवारिक जिम्वेवारीले वीचैमा पढाई छाडेका भण्डारीले आफ्नो सपना पूरा भने गर्न सकेका छैनन् ।
पत्रकारिताका अलावा सामाजिक कार्यमा समेत रुची राखने उनी विभिन्न संघ संस्थामा आवद्ध छन् । विश्वभरी छरिएर बसेका भण्डारीहरुलाई गोवद्ध गर्दै एकताको सूत्रमा बाध्ने अभियानमा जुटेका उनी वशिष्ठ भण्डारी समाजका केन्द्रीय सदस्य हुन् ।
विगतका कठिन दिनहरुलाई साधनाको उमङ्गका रुपमा स्वीकार्दै आगामी दिनलाई सुखद् बनाउन उनी अहिले पनि पत्रकारितामा तल्लीन छन् । कलिलो उमेरमा अफ्ट्यारा परिस्थिति पार गर्दै दर्बिलो बनेका भण्डारी सकारात्मक सोच र पूर्वाग्रविहीन पत्रकारितामा विशवास गर्दै सादगी जीवन जिउन रमाउँछन् ।
अभिनयदेखि सह निर्मातासम्म
मोफसलमा बसेर पत्रकारिताको भरमा बाँच्न कठिन छ । पत्रकारिताकै भरमा जीवनवृत्ति नहुने भएकाले केही पत्रकार अन्य वैकल्पिक पेशा व्यवसायमा पनि सम्लग्न छन् । हुन त पत्रकारिताको लत बसेपछि नशा लागे सरह नै हुन्छ । पछिल्लो समय पत्रकारिता पेशा सजिलो जस्तो देखेर पत्रकारितामा प्रवेश गर्ने युवाको जमात पनि ठूलै छ । तर, गुणत्मक समाचार संकलन, लेखन र प्रकाशन गर्ने पत्रकारको संख्या न्यून छ । यही भीडमा पत्रकारितामै भविश्य खोजीरहेका भण्डारी पत्रकारितामा मात्रै सिमित रहेनन् । उनले अभिनयलाई समेत अगाडि बढाए । डन, सीआईवी (क्राइन इन बिर्तामोड) जस्ता लघू चलचित्रमा अभिनय गरिसकेका भण्डारीले ठूलो पर्दाको तेस्रो चलचित्र २० कि उनी ४० को म मा अनुबन्धित भएका छन् ।
सीआईवी चलचित्रका सह निर्माता समेत रहेका भण्डारीले चलचित्र मार्फत समाज रुपान्तरणका लागि केही योगदान पु¥याउन सकिन्छ भन्दै लागू औषध दुव्र्यसन र अपराध न्यूनीकरणका लागि पाइला अघि बढाएका हुन् । चलचित्रमा समेत अभिनय गर्दा उनले सञ्चार कर्मलाई नै प्राथमिकतामा राखेका छन् । समग्रमा भन्ने हो भने होेचो कदका भण्डारीको पत्रकारितामा अग्लो कद ।
Comments
Post a Comment